Breaking News

ढुक्क रहनुस्, देशको शिर ढल्ने गरी काम गर्दिनँः प्रधानमन्त्री ओली

Banner

काठमाडौं, भदौ ३१-

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको शिर ढल्ने गरी काम नगर्ने बताएका छन् । संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन अमेरिका जानुअघि संसद्‌मा सम्बोधन गर्दै ओलीले नेपालको इज्जत तल नपार्ने गरी काम गर्ने बताएका हुन् ।

‘नेपालको शिर ढल्ने गरी, इज्जत तल पर्ने गरी, नेपालको हित र सरोकार तल पर्ने गरी काम गर्दिनँ,’ ओलीले भने, ‘हामीले गर्ने भनेको राजनीति देश र जनताको लागि हो । राजनीतिको आजको लागि हो, आजभन्दा भोलिका लागि बढी हो ।’

ओलीले आजको लागि भन्दा भोलिका लागि काम गर्ने हुटहुटी भएको बताए । ‘जुन घरको जग राख्ने बित्तिकै घरमा बस्न पाइँदैन । शिलान्यास भोलिका लागि हो । भोलिका लागि केही नगर्ने हो भने धर्ती बाँझो हुन्छ । हामी आजका लागि भन्दा भोलिका लागि बढी गर्छौं,’ ओलीले भने, ‘असारको लागि धान रोप्ने होइन कात्तिक मंसिरका लागि रोपिएको हो । यो कुरा बुझेर नै हामी हाम्रा नीतिहरूमा अगाडि बढ्छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>