चितवन विशेष

अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पसको अध्यक्षमा सिलवाल चयन

Banner

चितवन, भदौ ३१-

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरको अध्यक्षमा प्रकाश सिलवाल चयन भएका छन् । आज बिहीबार क्याम्पसको सभाहलमा भएको २५ औँ क्याम्पस कमिटी सम्मेलनबाट अध्यक्षमा सिलवाल सर्वसम्मत रुपमा चयन भएका हुन । सम्मेलनले २९ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा दिलिप पराजुली, सचिवमा समिर अधिकारी, सहसचिवमा ऋषि रानाभाट, कशिष जोशी, निशान धमला चयन भएका छन् ।

 

अनेरास्ववियुका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज अमित गुप्ताको नेतृत्वमा गठन गरिएको सात सदस्यीय अध्यक्ष मण्डलले नयाँ कमिटी घोषणा गरेको हो । अनेरास्ववियुका केन्द्रिय महासचिव नरेश रोकाया प्रमुख अतिथिको रुपमा रहेका थिए । सम्मेलनमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवि ज्ञवाली, अनेरास्ववियु केन्द्रिय सचिव तथा प्रवक्ता प्रकाश पौडेल, एमाले चितवनका अध्यक्ष कमल पाठक लगायतको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>