चितवन विशेष
नौ किलोमा सडक भासियो, नारायणगढ-मुग्लिन सडकमा एकतर्फी
०
चितवन, भदौ ३०-
नौकिलोस्थित नारायणगढ–मुग्लिन सडक भासिएको छ । इच्छाकामना नगरपालिका–६ मा पर्ने सडक आइतबार राती सवा ७ बजेतिर भासिएर यातायात एकतर्फी मात्रै चल्न मिल्ने भएको हो । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सडक आइतबार राती सवा ७ बजेतिर भासिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डिएसपी) भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको छ ।
सडकको एक फिटजति दबेको कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उहाँले बताउनुभयो । सडक डिभिजन कार्यालयसंग समन्वय गरेर सडक मर्मत गरिने रिजालले जानकारी दिनुभयो ।
फोटो फाइल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>