चितवन विशेष

नेकपा एमाले इच्छाकामना ५ को अध्यक्षमा तारा गुरुङ

Banner

चितवन, भदौ २९ –
नेकपा (एमाले) वडा कमिटी इच्छाकामना गाउँपालिका– ५ चितवनको अध्यक्षमा तारा गुरुङ चयन भएकी छन् । आज सम्पन्न पार्टीको दोश्रो वडा अधिवेशनले गुरुङको नेतृत्वमा ३९ सदस्यीय वडा कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा सानुबाबु थापा, सचिवमा ज्ञान बहादुर सुनामी मगर, उपसचिवमा सिता त्रिपाठी र तप्बीर गुरुङ चयन भएका छन् । अधिवेशनमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेश कमिटी सदस्य कृष्णप्रसाद सिलवाल, खुम नारायण श्रेष्ठ, जिल्ला समन्वयन समिति प्रमुख नारायण अधिकारी विभिन्न जिल्ला कमिटी सदस्यहरुसहित विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो भने उद्घाटन कार्यक्रम टोप नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>