राजनीति
प्रधानमन्त्री ओलीको दाबीः २०८४ मा एमालेले एकल बहुमत ल्याउँछ
काठमाडौँ, भदौ २९-
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् । शनिवार काठमाडौँमा एमाले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले २०८४ मा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले माओवादी केन्द्रलाई राष्ट्रिय पार्टी बन्न सकस रहेको भन्दै उनले मुस्किलले चार देखि पाँच लाख मत पाउन सक्ने बताएका छन् ।
अहिले शीतलता, उदासीनता, जिम्मेवारी बोधको कमी र अलिकति भ्रम रहेको बताए । उनले भने–‘कहिलेकाहीँ हामीलाई कस्तो लाग्छ भने त्यस्तो विकराल परिस्थिति हामीले पास गरेर आयौँ भने अब ढुक्क छौँ भन्ने होइन । हामी कहिले पनि ढुक्कको स्थितिमा रहने होइन । हामीले शक्ति सन्तुलनको अवस्था हेर्नुपर्दछ, त्यो अहिले पनि हाम्रो अनुकूल छैन, त्यसै कारणले हामीले भनेका छौँ, हामी राष्ट्रिय शक्ति त हौँ तर निर्णायक रूपमा राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सकेका छैनौँ । त्यो तथ्यलाई बुझ्दै निर्णायक राष्ट्रिय शक्तिको रूपमा बुझ्न हामी अगाडि बढ्नुपर्छ ।’