Breaking News
अब साना-ठुला भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैनः प्रधानमन्त्री ओली
०
काठमाडौँ, भदौ २९-
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारका काण्डहरू सुन्न नपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारका काण्डहरू सुन्न नपर्ने बताएका हुन् ।
उनले आफूले नेपाललाई अब नयाँ ढङ्गले अघि बढाउन चाहेको पनि बताए । सरकारबाट दिने सेवाहरू उत्साहका साथ दिइने प्रतिबद्धता पनि उनले जनाए। उनले फाइल रोकेर एक ठाउँमा बस्नेकुरा अब सह्य नहुने भन्दै कुन ठाउँमा फाइल गएर कहाँ अड्कियो भन्नेकुरा प्रधानमन्त्री कार्यालयले थाहा पाउने बताए ।
उनले त्यसका लागि फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेको र फाइलमा क्युआर कोर्ड ट्रयाकिङ राखेको बताए। प्रधानमन्त्री कार्यालयले त्यसको अनुगमन गर्नसक्ने बताए । उनले परिमार्जित डिजिटल फ्रेमवर्क डिजिटल नेपालको परिकल्पना अघि बढाइएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>