चितवन विशेष

चितवनमा पहिलोपटक ‘काडा अटो शो’ हुने

Banner

भरतपुर,भदौ २९-

चितवनमा पहिलोपटक ‘काडा अटो शो’ हुने भएको छ । चितवन उद्योग संघले आयोजना गर्न लागेको पर्व मेला २०८१ अन्तर्गत चितवन अटोमोबाइल डिलर्स एशोसियसनको सहकार्यमा ‘काडा अटो शो २०८१’ आयोजना हुन लागेको हो ।

नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरि आयोजना गरिएको शो असोज १६ गतेदेखि १९ गतेसम्म सञ्चालन हनेछ । २० भन्दा बढी ब्राण्डका गाडी प्रर्दशनीमा राखिने चितवन अटोमोबाइल डिलर्स एशोसियसनका कोषाध्यक्ष यज्ञ प्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा गाडी तथा मोटरसाइकलहरु प्रदर्शनीमा राखिनेछ । त्यसमा करिब ८० प्रतिशत बिद्युतिय सवारीसाधनहरु रहनेछन ।

मेलामा करिब ३० करोडको कारोबार हुने लक्ष्य राखिएको पौडेलले बताउनुभयो । बिहान ९ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने मेलामा ५० हजार बढिले अबलोकन गर्ने अनुमान गरिएको छ ।

बडादशैंको अवसरमा सवारीसाधन खरिद गर्ने प्रचलनलाई सहयोग पु¥याउन काडा अटो शो आयोजना गरिएको चितवन उद्योग संघका अध्यक्ष सुर्यप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>