Breaking News

प्रधानमन्त्री ओलीले उपसभामुखलाई भने ‘हल्लाको पछाडि नलाग्नुहोस् तपाई संवैधानिक परिषदको सदस्य हो’

Banner

काठमाडौं, भदौ २८
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले आफ्नो विषयमा उठेको विवादबारे संवैधानिक परिषद्मै स्पष्टीकरण दिएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संवैधानिक परिषदको बैठक बोलाएका थिए । उपसभामुख राना मगर पनि परिषद्की सदस्य हुन् ।

बैठकमा उनले आफ्नो विषयमा उठेको विषय कोट्याएकी थिइन् । बालबालिकाको क्षेत्रमा काम गरेको आफ्नो अन्तराष्ट्रिय छवि भएको बताइन् ।

तर आफूलाई अनावश्यक विवादमा तान्न खोजिएको भन्दै उनले भनिन्, वास्तवमा त्यो चिठ्ठी दूताबासमा गएको छैन, मान्छे पनि गएको छैन । त्यसलाई नै लिएर यस्तो आयो भनेर बैठक बैठकमा राखेँ ।’

जवाफमा परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। ‘उहाँले तपाईँ संवैधानिक परिषद्को सदस्य हो, त्यो बजार हल्लाको कुरा नगरौं भन्नुभयो’ राना मगरले भनिन् ।

राना मगरले असम्बन्धित मानिसको भिसा अन्तर्वार्ताका लागि अमेरिकी दूताबासलाई करिव १८ महिना अगाडि लेखेको पत्र सार्वजनिक भएको छ। यसलाई लिएर सत्तारुढ कांग्रेस र एमालेले उनलाई मार्गप्रशस्त गर्न भनेका छन् । उपसभामुख राना मगरले भने आफू कुनै गल्ती नगरेकाले यसबारे केही नसोचेको बताइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>