अन्तर्राष्ट्रिय

उत्तर कोरियाले पहिलो पटक देखायो आफ्नो युरेनियम भण्डार

Banner

प्योङयाङ, भदौ २८-

उत्तर कोरियाले ठुलो मात्रामा युरेनियम थुपारेर राखिरहेको छ । हालै मात्र उत्तर कोरियाली नेता किम जोङ्ग उनले युरेनियम संवर्द्धन भण्डारको भ्रमण गरेका थिए । त्यतिबेलाको केही फोटो उत्तर कोरियाले सार्वजनिक गरेको छ ।

सो अवसरमा किमले नयाँ सेन्ट्रीफ्यूज तयार गर्न निर्देशन दिएको बताइएको छ । किमको भ्रमणको तस्बिरको साथमा उत्तर कोरियाले पहिलोपटक विश्वलाई आफ्नो यूरोनियमको भण्डारको झलक देखाएको छ ।

तस्बिरमा किम युरेनियमलाई समृद्ध बनाउने मेशिनहरू मेटल सेन्ट्रिफ्युजको लामको बिचमा छन् । किम कहिले सो केन्द्रमा गएका थिए भन्ने चाँहि खुलासा भएको छैन । किमले धेरै हतियार बनाउन आग्रह गरेको बताइएको छ ।

अमेरिका र उसको सहयोगी देशको तर्फबाट सम्भावित खतरा उल्लेख गर्दै उनले देशको परमाणु हातहतियार मजबुत बनाउनमा जोड दिएका थिए । आत्मरक्षाका लागि हतियारको सङ्ख्या बढाउन जरुरी भएको पनि उनले बताए ।

उत्तर कोरियाले आफूसँग कयौँ युरेनियम संवर्द्धन केन्द्र भएको दाबी गर्दै आएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>