राजनीति

उपसभामुखलाई पदबाट हटाउन सम्भव छैनः पूर्वसभामुख सापकोटा

Banner

काठमाडौँ, भदौ २८-

पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन्।

पूर्वसभामुख सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताए।

उनले सत्तारुढ दलहरुले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको बताए।

उनले सरकार संवैधानिक परिषद्मा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको बताए। संवैधानिक परिषद्मा गरिने निर्णयलाई सहज बनाउनका लागि सो एजेण्डा उठाइएको उनले बताए।

उनले भने, ‘उहाँहरुले(सत्तारुढ दलहरुले) राजनीतिक कारणले यो उठाइराख्नुभएको छ। उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ। अहिले सरकार अल्पमतमा छ। त्यसकारण त्यो उद्देश्यलाई टार्गेट गरेर उहाँले गरेका त्रुटीका आधारमा, त्रुटीमा टेकेर उहाँलाई हटाउन खोजिएको हो। अहिले त अल्पविराम लागेको छ भन्ने मैले सुनेको छु। यो राजनीतिक कुरा हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>