राजनीति
संवैधानिक परिषद्को बैठक बेलुका ५ बजे
०
काठमाडौं, भदौ २८-
संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बालुवाटारमा बेलुका ५ बजे उक्त बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।
बैठकबाट प्रधानन्यायाधीशमा नियुक्तिका निम्ति नाम सिफारिस गर्ने तयारी छ । वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उमेरहदका कारण आउँदो असोज २२ गते अनिवार्य अवकाश पाउँदै छन् ।
प्रधानन्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअगावै उक्त पदमा सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानले तोकेको यो अवधि भने गुज्रिइसकेको छ ।
संवैधानिक परिषद्को बैठकबाट रिक्त रहेको निर्वाचन आयुक्तको पदमा पनि सिफारिस गर्ने सम्भावना छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>