चितवन विशेष

सुशासनमा उत्कृष्ट रत्ननगरका मेयर सापकोटा सम्मानित, सभापति देउवा र महामन्त्री थापाद्धारा प्रशंसा

Banner

चितवन, भदौ २७–

स्थानीय सरकारको संस्थागत क्षमता स्वमुल्याङ्कनमा उत्कृष्ट बनाउन नेतृत्व गरेका रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा सम्मानित भएका छन् ।

नेपाली काँग्रेस स्थानीय तह समन्वय समितिले मेयर सापकोटाको नेतृत्वको उच्च कदर गर्दै सम्मान गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले सम्मान गरेका हुन् । काँग्रेसबाट निर्वाचित भएका सापकोटाले देशभरमै उत्कृष्ट काम गरेको मुल्याङकन गरेर सम्मान गरिएको काँग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह समन्वय विभागका संयोजक मधु आचार्यले जानकारी दिए ।

बिहीबार कांग्रेस मुख्यालय सानेपामा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाउँ/नगरपालिकालाई सम्मान गरेको हो । स्थानीय सरकारको नेतृत्वमा पुगेर पार्टीको गौरव बढाएको भन्दै पार्टी शेरबहादुर देउवाले सापकोटाको प्रशंसा गरेका थिए । त्यस्तै महामन्त्री गगनकुमार थापाले आफ्नो जिम्मेवारीमा सफल भएकोमा बधाई दिदै थप सशक्त भएर लाग्न आग्रह गरेका थिए । महामन्त्री थापाले उत्कृष्ट काम गर्नेलाई पार्टीले खोजी खोजी जिम्मेवारी दिने बताए ।

नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्यासमा ल्याएको स्थानीय सरकारको संस्थागत क्षमता स्वमुल्याङ्कनमा आर्थिक वर्ष २०७९÷८० गुणस्तर मुल्याङ्कनमा रत्ननगर नगरपालिका देशभरका स्थानीय तहमध्ये तेस्रो भएको थियो । सोही कारण पार्टीको केन्द्रीय तहको विभागले कार्यक्रम आयोजना गरेर मेयर सापकोटा र नगरपालिकालाई बधाई दिदै सम्मान गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>