धार्मिक/सांस्कृतिक
शिवधाम निर्माणका लागि एक लाख प्रदान
०
गोदावरी (ललितपुर),भदौ २७-
गोदावरी नगरपालिका–३ का अध्यक्ष सानुराज घिमिरेले पाथीभरा महिला समूहलाई रु एक लाख ११ हजार एक सय एक प्रदान गर्नुभएको छ । उहाँले आफ्नो जन्मदिनमा उक्त रकम प्रदान गर्नुभएको हो ।
‘गोदावरी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ मा उहाँले शिवधाम बनाउने महिला समूहको योजनामा भरथेग गर्न उक्त रकम प्रदान गर्नुभएको हो ।
पाथीभरा महिला समूहको आयोजनामा नगरपालिका–३ स्थित शिव बस्तीमा भदौ २५ देखि ३१ गतेसम्म महायज्ञ हुँदैछ । महायज्ञको उद्देश्य गोदावरी नगरपालिका–३ स्थित शिव बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित शिवधाम निर्माण गरिने पाथीभारा महिला समूहका अध्यक्ष भगवती बुढाथोकीले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>