चितवन विशेष

आईपीएम कृषक सहजकर्तालाई क्याब ईन्टरनेशनल एप्स सम्बन्धी ओरिन्टेसन

Banner

चितवन, भदौ २६-
जिल्ला एकीकृत शत्रु जिव व्यवस्थापन कृषक संघले आईपीएम कृषक सहजकर्तालाई क्याब ईन्टरनेशनल डिजिटल टुल्स एप्स डाउनलोड सम्बन्धी ओरिन्टेसन कार्यक्रम गरिएको छ । चितवन जिल्ला भित्रका आइपिएम कृषक कर्तालाई आज (बुधबार) भरतपुरमा संघले ओरिन्टेसन कार्यक्रम गरेको हो ।

एक दिनसम्म सञ्चालित तालिमको प्रशिक्षण कृषक प्लाण्ड डाक्टर तथा जिल्ला एकीकृत शत्रु जिव व्यवस्थापन कृषक संघ चितवनका सल्लाहाकार रिता बास्ताकोटी दिनुभएको थियो । तालिममा १५ जना किसानको सहभागिता रहेको थियो ।
सो क्रममा कृषकलाई कृषकको बालिमा लागेको रोग किरा पहिचान, उपचार विधि जानकारी, जैविक र सुरक्षित विषादी प्रयोग, बालि संरक्षण सम्बन्धी डिजिटल प्रयोग सम्बन्धी जानकारी दिएको उहाँले जानकारी दिनुभयो । कृषकले यस सम्बन्धी सम्पूर्ण जानकारी क्याब ईन्टरनेशनलको एप मार्फत घरमा बसेर लिन सक्ने उहाँले जानकारी दिनुभयो ।

क्याब ईन्टरनेशनलले यो संस्था मार्फत मकवानपुर, चितवन र काभ्रेमा बालि उपचार शिविर परियोजना सञ्चालन गरेको छ । हालसम्म तीन वटा जिल्लामा ३० वटा क्लिनिक सञ्चालन गरेको जिल्ला एकीकृत शत्रु जिव व्यवस्थापन कृषक संघ चितवनकी अध्यक्ष रमा ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रम मार्फत रोग किराले समस्या ग्रस्त बनाएको बालीको उपचार विधि बारे जानकारी गराईने गरिएको छ ।

बुधबार समपन्न कार्यक्रममा संस्थाका पदाधिकारी तथा समितिका सदस्यहरुको सभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>