राजनीति
एकीकृत समाजवादी उपसभामुख रानाको पक्षमा उभिने
०
काठमाडौँ, भदौ २६-
नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय आलोनगरमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि उपमहासचिव रामकुमार भट्टराईले उपसभामुखलाई हटाउने विषय चर्चामा रहेको भन्दै पार्टी उपसभामुखको पक्षमा उभिने निर्णय भएको जानकारी दिए । त्यस्तै, आगामी मंसिरसम्ममा सातै प्रदेशमा अधिवेशन गरिसक्ने र असोज ५ गते बागमती प्रदेशको आयोजनामा काठमाडौँमा सन्देश सभा आयोजना गर्ने पनि बैठकले निर्णय गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>