देश/प्रदेश

बालेनमाथि बडालको आरोपः नशाका सूरमा जे पायो त्यही अशिष्ट तथा छाडा कुरा लेख्ने

Banner

काठमाडौं, भदौ २६-

सत्तारुढ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई जनतालाई दिग्भ्रमित पार्ने तथा मुख छाड्ने काम नगर्न चेतावनी दिएका छन् ।

मेयर बालेन शाहले नदी किनाराका बस्ती खाली गर्ने सम्बन्धी विवादमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आरोप लगाउने क्रममा बुधवार अर्को लामो स्टाटस लेखेपछि बडालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो चेतावनी दिएका हुन् ।

अध्यक्ष बडालले शाहमाथि ड्रग्सको नशाका सूरमा जे पायो त्यही अशिष्ट तथा छाडा कुरा लेख्ने गरेको आरोप लगाएका छन् ।

अध्यक्ष बडालले सर्वोच्चको फैसला पुनरावलोकनका लागि भ्याकेटको निवेदन लिएर जान पूर्ण पाठ आउनुपर्ने स्मरण गराउँदै जनतालाई दिग्भ्रमित पार्ने तथा मुख छाड्ने काम नगर्न चेतावनी दिएका छन् ।

बडालको भनाई जस्ताको तेस्तैः
भ्याकेटमा जान पूर्ण पाठ आउनु पर्छ भन्ने कुरा बालेनले बुझ्न ड्रग्सको नशा उतारिनु पर्छ। महोत्तरीका बालेन्द्र साहजी, तपाईं काठमाडौंको मेयर भएपछि अत्यन्तै अशिष्ट हुँदै जानुभएको छ। न त तपाईंलाई राजनीतिबारे केही थाहा छ, न शिष्टताबारे केही मतलब छ। काम माखो मार्ने होइन, स्रोत नखुलेको अरबौं खर्च गरेर साइबर बुली चलाउनुभयो। जनतालाई दिग्भ्रमित पार्नुभयो, त्यसैको बलमा भत्काउने, बिगार्ने, मुख छाड्नेभन्दा अरू केही गर्न जान्नुहुन्न।
तपाईंको कला र साहित्य पनि उही अशिष्ट र घिनलाग्दो छ—‘तेरो बाउ, मेरो बाउ’, ‘टिक्ने, टोक्ने, खोक्ने’, यस्तै यस्तै न हो१ आफू तेली साह भएर काठमाडौंमा थाहा नहोस् भनेर शाह लेख्नुहुन्छ। आफ्नो सर्टिफिकेटमा नाम सच्याउन हिजो २:३० बजे बैंगलोर उड्नुभयो। यता, काठमाडौंमा बबाली स्टाटस लेखेर भ्रम छर्नुभयो। अदालतको फैसलामा सरकार भ्याकेटमा जाने फैसलाको पूर्ण पाठ आएको दुई महिनामा हो। फैसला अस्ति असारमा आएको हो भन्ने बुझ्न ड्रग्सको नशाबाट बाहिर निस्कन सुझाव छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>