चितवन विशेष
चितवनका सहकारीपीडितले काँग्रेस महामन्त्री थापालाई भेटे
भरतपुर,भदौ २४-
चितवनका सहकारी पीडितले आफ्नो बचत रकम फिर्ता गराइदिन माग गर्दै काँग्रेसका महामन्त्री गगन थापालाई भेटेर ज्ञापनपत्र बुझाएका छन । चितवनको चितवनको साहारा चितवन बहुउद्देशीय सहकारी र सनराइज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताले आज (सोमबार) भरतपुरमा थापालाई ज्ञापनपत्र बुझाएका छन् ।
बीपी जयन्तीको अवसरमा चितवन कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागि हुन आउनुभएका थापालाई ज्ञापनपत्र बुझाएको साहारा चितवन बहुउद्देशीय सहकारी संघर्ष समितिका अध्यक्ष शालिकराम दुवाडीले जानकारी दिनुभयो । सहकारीको आवरणमा ठगि गर्ने ठगहरूलाई कारवाही हुनु पर्छ भनेर थापाले संसदमा भूमिका खेल्नु भएको भन्दै उहाँले न्याय नपाउँदासम्म आफुहरु निरन्तर खबरदारीमा रहने बताउनुभयो ।
थापाले सहकारीका नाममा ठगिएकाहरूका पक्षमा संसदमा आवाजहरु उठाउँदै आउनुभएको थियो । सो अवसरमा उहाँले संसदिय समितिको प्रतिवेदन आएपछि कानुन बनाएर बचतकर्ताको रकम फिर्ता गराउन पहल गर्ने बताउनुभयो ।