Breaking News

अब सरकारी कर्मचारीको खाजा खाने समय आधा घण्टा मात्र,उल्लंघन गरेको पाइएमा कम्प्लेन गर्न अनुरोध

Banner

काठमाडौ,भदौ २३-

सरकारी कार्यालयमा खाजा खाने समय एक घण्टाबाट घटाएर हरेक आधा घण्टामा झारिएको छ । आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका छन् ।

सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन,उनले भनेका छन् । उनका अनसार, अब खाजा खाने समय दिउँसो १ः३० बजेदेखि २ बजेसम्म कायम गरिएको छ ।

ओलीले नयाँ नियम उल्लंघन गरेको भेटिए हेलो सरकारमार्फत उजुरी दिन आग्रह गरेका छन् । कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेलो सरकारमा कम्प्लेन गर्न अनुरोध छ, प्रधामन्त्री ओलीले भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>