अन्तर्राष्ट्रिय

समुद्री आँधीका कारण भियतनाम, चीन र फिलिपिन्समा दर्जनौँको मृत्यु

Banner

हानोई, भदौ २३-

शक्तिशाली समुद्री आँधीका कारण भियतनाम, चीन र फिलिपिन्समा दर्जनौँ मानिसको मृत्यु भएको छ । ताइफुन यागी नामक यो आँधी यो वर्ष एसियामा आएको अहिलेसम्मको सबैभन्दा शक्तिशाली समुद्री आँधी भएको जनाइएको छ ।

आइतबारबाट यो कमजोर बन्दै गएको छ । तर कमजोर बन्नुअघि नै यसले भियतनाम, चीनको हाइनान प्रान्त र फिलिपिन्समा दर्जनौँको ज्यान लिएको प्रारम्भिक रिपोर्टले देखाएका छन् ।

भियतनामको मौसम विभागले आइतबार आँधी केही कमजोर बनेको भने पनि बाढी र पहिलो जाने खतरा यथावत् रहेको चेतावनी जारी गरेको थियो । समुद्री आँधीका कारण हानोईमा कम्तीमा तीन जनाको मृत्यु भएको बताइएको छ । भियतनाममा मात्रै यसका कारण १४ जनाले ज्यान गुमाइसकेका छन् । हानोईबाट दक्षिणमा सय किमी पर रहेको होआ बिन्ह प्रान्तमा मात्रै पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ ।

चीनको उत्तरी टापु हाइनानमा यागीका कारण चार जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । उता, फिलिपिन्समा पनि यो समुद्री आँधीका कारण मर्नेको सङ्ख्या १६ बाट बढेर आइतबार २० पुगेको बताइएको छ । अरू २२ जना बेपत्ता छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>