खेलकुद

काभा वुमन्स क्लब भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाल प्रहरीको महिला टोलीको विदाइ

Banner

काठमाडौँ, भदौ २३-

माल्दिभ्समा हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला टोलीलाई नेपाल प्रहरीले विदाइ गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको महिला भलिबल टोलीलाई बिदाइ गरेका हुन् । भदौ ३० देखि असोज ५ गतेसम्म हुने काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिप टोलीमा १२ जना खेलाडी र ४ जना अफिसियल छन् ।

नेपालका लागि च्याम्पियनको हैसियतमा पुलिसले काभा महिला क्लब भलिबल खेल्न लागेको हो । पहिलो पटक हुन लागेको काभा वुमन्स क्लब भलिबल च्याम्पियनसिप खेल्न लागेको पुलिसले उपाधि जित्ने लक्ष्य राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>