राजनीति

राष्ट्रसंघको महासभामा मोदीसँग भेटवार्ता गर्ने तयारीमा प्रधानमन्त्री ओली

Banner

काठमाडौं, भदौ १८-
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आगामी असोजमा अमेरिकाको न्युयोर्क जाँदै छन् ।

२५ भदौदेखि १२ असोजसम्म हुने महासभामा सहभागी हुन अमेरिका पुगेका बेला ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गर्न चाहेका छन् ।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय दूतावासमार्फत संयुक्तराष्ट्रको महासभाका दौरान मोदीसँग भेटवार्ताका लागि समय माग गरेको छ । परराष्ट्र मन्त्रालयले लिखित रूपमै भारतीय प्रधानमन्त्री मोदीको समय मागेको हो ।

यस अगाडि थाइल्यान्डमा हुने बिम्स्टेक शिखर सम्मेलनमा ओली र मोदीबीच भेट हुने तय भएको थियो । तर, उक्त सम्मेलन स्थगित भयो । सामान्यतयः यस्ता ठूला कार्यक्रममा छिमेकी देशका राष्ट्रप्रमुखले कार्यक्रमको बीचमा एकअर्कासँग भेटघाट गर्ने अभ्यास रहँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>