राजनीति

व्यवस्था परिवर्तनका लागि लडेका प्रचण्डलाई नोवेल पुरस्कार दिनुपर्छः माओवादी सांसद मोदी

Banner

काठमाडौं,भदौ १८-

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पुष्पकमल दाहाल प्रचण्डलाई नोवेल पुरस्कार दिनुपर्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभामा धारणा राख्दै उनले व्यवस्था परिवर्तनमा लागि भएको जनयुद्धको कमाण्ड गर्नुका साथै पछि शान्तिका लागि अथक प्रयास गरेकाले नोवेल पुरस्कार दिनुपर्ने बताएका हुन्।

‘जनयुद्ध गरेको पार्टीको कमाण्डर प्रचण्ड जो लोकतन्त्र, नागरिकको पक्षमा समावेशीताका लागि लड्नुभयो’, उनले भने, ‘त्यसकारण उहाँलाई जनक भनिनुपर्छ र उहाँलाई नोवेल पुरस्कारको व्यवस्था गर्नुपर्छ।’ सत्ता समीकरण परिवर्तनपछि माओवादीप्रति आक्रामक देखिएको एमालेले जनयुद्धलाई हिंसा भन्दै आएको सन्दर्भमा उनले त्यस्तो बताएका हुन्। माओवादीले विगतमा भएका विभिन्न आन्दोलनको कुनै न कुनै रुपमा अहम् भूमिका रहेको र त्यसलाई आफूहरूले क्रान्ति बुझ्ने गरेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>