राजनीति
सञ्चारमन्त्री पृथ्वी सुब्बालाई जिब्रोमा ब्रेक लगाउन सांसद खतिवडाको सुझाव
०
काठमाडौँ, भदौ १८-
सत्तारूढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई जिब्रोमा ब्रेक लगाउन सुझाव दिएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले आईजीपीको जिब्रो थुत्नुपर्ने भन्ने अभिव्यक्ति सञ्चारमन्त्रीले आपत्तिजनक अभिव्यक्ति दिएको बताए । ‘सञ्चार मन्त्रीले जिब्रो थुत्ने अभिव्यक्ति दिनुभयो । मन्त्रीलाई आग्रह छ जिब्रोमा ब्रेक लगाएर सदनमा जवाफ दिइयोस्‚’ उनले भने ।
सांसद खतिवडाले गण्डकी प्रदेशमा मन्त्री पद बिक्रीमा छ भन्ने सांसद दीपक मनाङेको अभिव्यक्तिमा पनि आपत्ति जनाए । उनले भने‚‘गण्डकी प्रदेशमा मन्त्री पद बिक्रीमा छ पैसामा बिक्री गर्न सुरुवात गरेको हो रु यसबारे सरकारले जानकारी देओस् ।’ रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>