अपराध

एलिसा न्यौपाने हत्यामा संलग्न आरोपित समीर खान पक्राउ

Banner

काठमाडौँ, भदौ १८-

मकवानपुरमा एलिसा न्यौपानेको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

यही भदौ १० गते मकवानपुरको हेटौँडा-१० बसपार्कमा रहेको रत्ना होटलमा एलिसा मृत फेला परेकी थिइन्।

घटनापछि फरार ३२ वर्षीय समीर खानलाई हेटौँडा-५, लट्टिनाथ मन्दिर परिसरबाट सोमबार साँझ ६ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए।

भदौ १० गते प्रहरीले रत्ना होटेलको कोठा नम्बर २०५ मा एलिसाको शव फेला पारेको थियो।

यसअघि खानकी आमा ५५ वर्षीया सैरुन खान, श्रीमती २६ वर्षीया रविना खातुन खानका ससुरा ५६ वर्षीय लालबाबु खाँ पैठान र जेठान ३० वर्षीय फैयाज अहमदलाई नियन्त्रणमा लिइएको डीएसपी भण्डारीले जानकारी दिए।

घटना अनुसन्धानका क्रममा खानलाई भाग्न सहयोग गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>