चितवन विशेष

पुस्तकालय दिवसमा ‘लायन्स बुक कर्नर’को स्थापना

Banner

चितवन, भदौ १७-

लायन्स क्लब अफ नारायणगढ बालकुमारीले राष्ट्रिय पुस्तकालय दिवस पारेर ‘लायन्स बुक कर्नर’को स्थापना गरेको छ । विद्यालय, कारागार तथा अन्य सार्वजनिक स्थानहरुमा क्रमिक रुपमा यस्ता बुक कर्नरहरु स्थापना गर्ने लक्ष्य लिएको क्लबले जनाएको छ ।

पहिलो चरणमा नारायणगढ, शहीदचोक, अनन्तगंगा प्लाजामा रहेको क्लबको सचिवालयमा बुक कर्नर स्थापना गरेको गरिएको क्लबका जनसम्पर्क अधिकृत सरोज कुमार मास्केले जानकारी दिए । क्लबका सदस्यहरुले स्वस्फुर्त रुपमा करीब ५५ हजार रुपैयाँ मुल्य बराबरका विभिन्न पुस्तकहरु प्रदान गरी ‘लायन्स बुक कर्नर’को स्थापना गरिएको थियो ।

१८६९ भाद्र १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गरी पुस्तकालयका क्षेत्रमा भएका गतिविधिहरू एवम् पुस्तकालयको आवश्यकताबारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा विसं. २०६५ देखि भदौ १५ गतेलाई “पुस्तकालय दिवस” को रूपमा मनाउन सुरू गरिएको हो।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट एक्ज्युकेटिव चिफद्वय नेत्रप्रसाद आचार्य, बालगोपाल चुकेले क्लबका अध्यक्षलाई बुक कर्नरका लागि आवश्यक पुस्तक हस्तान्तरण गरेर बुक कर्नर स्थापना गरिएको थियो । उक्त कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ का डिष्ट्रिक्ट चिफ इश्वर कुमार राजभण्डारी, डिष्ट्रिक्ट प्रोग्राम मेम्बर हरीराम पौडेल, डिष्ट्रिक्ट मेम्बरहरु ध्रुब प्रसाद पौडेल, रामचन्द्र सापकोटा, शिव श्रेष्ठ लगायत क्लबका पूर्व अध्यक्ष र सदस्यहरुको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>