बाढि पहिरो

अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा

Banner

लमजुङ, भदौ १६-

पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ । यस खण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–१ उदिपुरमा वर्षासँगै पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै अहिले एकतर्फी रुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी थानेश्वर चपाईंले सडक माथिबाट आएको ढुङ्गामाटोसहितको पहिरो जेसिबीको सहायताले हटाएर एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । सडक एकतर्फी रुपमा सञ्चालनमा आए पनि पानी निरन्तर परिरहेकाले पुनः पहिरो झरेर अवरुद्ध हुनसक्ने भन्दै सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।

उक्त स्थानमा सबैभन्दा बढी पहिरो जाने भएकाले जोखिमयुक्त ठाउँका रुपमा मानिएको प्रहरीले जनाएको छ । यहाँ विगत तीन वर्षदेखि बर्सेनि पहिरो जाने गरेको छ । सङ्घीय सरकारको करिब रु ११ करोडमा पहिरो रोकथामको प्रयास गर्दै आए पनि काम सम्पन्न भइनसकेकाले सो स्थानमा पहिरोको जोखिम कायम नै रहेको सूचना अधिकारी चपाईंले बताउनुभयो ।

लमजुङ र मनाङवासी यस खण्ड हुँदै तनहुँ–काठमाडौँ–पोखरालगायत स्थानमा जाने र आउने गर्दछन् । रासस

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>