देश/प्रदेश

ममता काफ्लेकी आमा अमेरिका पुगिन्

Banner

काठमाडौँ, भदौ १६-

अमेरिकाको भर्जिनियामा १५ साउनदेखि बेपत्ता रहेकी ममता काफ्लकी आमा गीता र उनका दाजु भर्जिनिया पुगेका छन् । भिसा लगायतका प्रक्रिया पूरा भएपछि गएको मंगलबार राति उनीहरु भर्जिनिया पुगेका हुन् ।

काफ्लेको मृत शरीर लुकाएको आरोपमा ममताका श्रीमान् नरेश भट्ट थुनामा छन् । यस्तोमा १ वर्षकी छोरी एक्लै भएपछि रेखदेख गर्न भन्दै काफ्लेको माइती पक्षले अमेरिका जान खोजेको थियो । घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।

काफ्लेको माइती पक्षले नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरुसँग समेत भेट गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>