देश/प्रदेश

समयमै मल पाउँदा किसानलाई सहज

Banner

भेरीगङ्गा (सुर्खेत), साउन ३०-

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँका कमला चौधरी कृषि पेसा गर्नुहुन्छ । विशेषगरी उहाँले धान खेती गर्दै आउनुभएको छ । उहाँले बीस कठ्ठा जग्गामा धान खेती गर्नुभएको छ ।

यसअघि परम्परागत रुपमा धान खेती गर्दै आउनुभएका चौधरीको परिवारलाई उत्पादनले वर्षभरी खान पुग्दैन्थ्यो । उन्नत जातको धानको बीउ, मल तथा आधुनिक सीपको अभाव थियो । नत समयमा मल पाउनुहुन्थ्यो नत बीउ नै । अर्कोतर्फ मलको प्रयोग कसरी गर्ने भन्नेसमेत थाहा नहुँदा उहाँले भनेअनुसारको आम्दानी गर्न सक्नुभएको थिएन ।

निर्वाहमुखी खेती गर्दै आउनुभएका चौधरीले अहिले धान उत्पादन दोब्बरले वृद्धि गर्न थाल्नुभएको छ । “हामीले समयमै मल पनि पाउदैथ्नौँ, धानबाली कसरी लगाउने, कुन समयमा गोड्ने, मल कतिबेला हाल्ने खासै ज्ञान पनि थिएन”, उहाँले भन्नुभयो,”“अहिले भने समयमै मल पनि पाउन थाल्यौँ, अनि कृषि सम्बन्धिका विभिन्न तालिमले धान खेती गर्ने तरिका पनि थाहा भएपछि उत्पादन दोब्बरले वृद्धि हुन थालेको छ ।”

कमलाजस्तै अन्य किसानलाई सबैभन्दा समस्या मलको हुने गरेको थियो । खेती गर्ने समयमा मलको अभावले गर्दा आजित किसानले अहिले भने समयमै मल पाएको बताउँछन् । वीरेन्द्रनगर–१० कै सुकमाया चौधरीको परिवारले पनि ३० कट्टा जमिनमा धान खेती गर्ने गरेको छ । विगतमा राम्रो धान उत्पादन नहुँने उहाँको परिवारले अहिले भने वार्षिक रु तीन लाखसम्मको धान बिक्री गर्ने गरेको छ ।

सहकारीमार्फत मल, बीउ तथा धान खेती गर्ने तरिका थाहा पाउन थालेपछि आफूहरुले उत्पादनमा वृद्धि गरेको सुकमाया बताउनुहुन्छ । “पहिले धान खेती खेत पनि त्यही हो, पहिले घरमा मात्रै खान पुग्थ्यो, अहिले घरमा प्रयोग गरेर पनि बेच्न थालेका छौँ,” उहाँले भन्नुभयो,” हामीले समयमै मल बीउ पाउन थालेका छौँ भने खेती गर्ने तरिका पनि सिक्न पाएका छौँ,”

सुकमायाले आफ्नो खेतमा एक सय मुरीभन्दा धेरै धान फलेको सुनाउनुभयो । नेपाल सरकारसँगै युएसएआडीको एनसाफ परियोजनाले सुर्खेतका विभिन्न कृषि सहकारीबाट समयमै मल उपलब्धसँगै विभिन्न तालिम दिन सुरु गरेपछि सुर्खेतका किसानको उत्पादनमा वृद्धि हुन थालेको हो । यही परियोजनामार्फत समयमै मल बीउसँगै विभिन्न कृषि सम्बन्धिका तालिम लिएपछि पराम्परागत रुपमा धानखेती गर्ने किसान अहिले आधुनिक तरिकाले खेती गर्न थालेका छन् ।

वीरेन्द्रनगर–१० कै किसान बालकृष्ण थारु भन्नुहुन्छ, “पहिले एक हल गोरु पाल्थ्यौँ, त्यसकै मल धानखेतीमा हाल्थ्यौँ, अनि गोरुले जोतेर खेती गथ्र्यौ, तर अहिले भने कृषिसम्बन्धी तालिम पनि पाएका छौँ । सँगै आधाुनिक प्रविधिको बढेपछि काम पनि छिटो हुन्छ भने उत्पादन पनि बढेको छ ।”

परियोजनाको सहयोगपछि यो वर्षदेखि किसानले समयमै मल पाएका छन् । विभिन्न सहकारीको सहजीकरणमा किसानलाई समयमै मल वितरण गरिएपछि उत्पादन अझै बढ्ने अपेक्षा गरिएको छ । मल वितरणमा सहजीकरण गरिरहेको वीरेन्द्रनगरमा रहेको जनचेतना कृषि सहकारी संस्थाका कृषि प्राविधिक शिव अधिकारी किसानले मलखाद समयमै पाएको बताउनुहुन्छ । त्यति मात्रै नभएर किसानलाई मलको प्रयोग लगायत खेती गर्ने तरिका सिकाइएपछि अहिले कृषि पेसा आधुनिकतातर्फ जान थालेको र उत्पादन पनि बढेको उहाको भनाइ छ ।

“विगतमा निर्वाहमुखी खेती गर्नुुपर्ने अवस्था थियो, मल पनि समयमै पाउन समस्या थियो अहिले सरकार र साझेदार संस्थाबाट मल समयमै पु¥याउन थालिएको छ, जसले गर्दा किसानले उत्पादनमा वृद्धि गरिरहनुभएको छ,” किसानले समयमै मल नपाउने, बिचौलियाको हातमा पर्दा मल चुहाउट हुने समस्या पनि अन्त्य भएको अधिकारीको दाबी छ ।

सुर्खेतकै बराहाताल गाउँपालिकामा रहेको महिला साना किसान सहकारीले पनि मल परियोजनाको सहयोगमा मल वितरण सहजीकरण गर्दै आएको छ । यो वर्ष मल समयमै किसानले पाएपछि उत्पादनमा पनि वृद्धी हुने सहकारीका कृषि प्राविधिक निशा गुरुङ बताउनुहुन्छ । “किसानले मल यो वर्ष समयमै पाउनुभएको छ, गत वर्षमा मलको लागि धेरै समस्या भोग्ने किसानले अहिले सहजताका महसुस गर्नुभएको छ । सहकारीमार्फत हामीले किसानको घरघर समयमै मल पु¥याएका छौँ । यो वर्ष गतवर्ष भन्दा धान उत्पादन बढ्ने हाम्रो अपेक्षा छ ।” उहाँले किसानलाई प्राविधिक ज्ञानसमेत दिने गरिएको भन्दै आगामी दिनमा सरकारले अझै कृषिमैत्री नीति ल्याउनुपर्ने उहाँको सुझाव छ ।

कर्णालीको जम्मा खेतीयोग्य जमिनमध्ये ४१ हजार नौ सय चार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको तथ्याङ्क छ । गत वर्ष कर्णालीमा एक लाख ४५ हजार ६३ मेट्रिक टन धान उत्पादन भएको कर्णालीको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>