धादिङ
धादिङबाट सम्पर्कविहीन भएका तीन किशोरी पाँच दिनपछि बाग्लुङमा भेटिए
०
धादिङ,साउन २९-
धादिङको धादिङबेसीबाट सम्पर्कविहीन भएका तीनजना बालिका बाग्लुङमा भेटिएका छन् । नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ९ मा पढ्दै गरेका रोशनी विक, सुशीला तामाङ र अस्मिता गुरुङ बाग्लुङमा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रको अनुसार गत बुधबारदेखि सम्पर्कविहीन भएका उनीहरु सोमबार भेटिएका छन् । धादिङको सदरमुकाम धादिङबेशीस्थित निलकण्ठ माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विक बुधबार बिहान विद्यालय जान्छु भनी हिँडेकी थिइन् ।
रोशनी बेलुका घर नफर्किएपछि परिवारले सोधिखोजी सुरु गर्यो । रोशनीका विषयमा सोधिखोजी गर्दा उनीसँगै अन्य दुई बालिका पनि बेपत्ता भएको खुल्यो । तीनैजान कक्षा ९ मा अध्ययनरत हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>