Breaking News

नारायणी किनारमा मानिसलाई आक्रमण गरेको बाघ झण्डै १५ घण्टापछि नियन्त्रणमा

Banner

चितवन,साउन २०-

नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तिलाई आक्रमण गरेर झाडीमा लुकेको बाघ नियन्त्रणमा आएको छ । चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीको दिनभरको प्रयासपछि राती पौने नौ बजे बाघ नियन्त्रणमा लिएका हुन। अहिले प्राविधिक टोलिले डार्ट गरेर बेहोस बनाएका छन् । केही समय पछि बाघलाई निकुञ्ज लैजाने तयारी गरिएको छ ।

आइतबार बिहान ५ः२० को समयमा नारायणी नदी किनारमा मर्निङ वाक गर्न गएका नारायणगढ बेलटाँडीका पशुपति श्रेष्ठलाई बाघले घाइते बनाएको थियो । बाघ नियन्त्रणमा लिन दिनभर तीनवटा हात्ती परिचालित गरिएको थियो । बाघ नजिक पुग्दा गर्जन सुनेर दुई वटा हात्ती तर्सेर भागेका थिए । पछि सौराहाबाट थप दुई हात्ती ल्याइएर बाघलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>