अन्तर्राष्ट्रिय
भारत: कोचिङ इन्स्टिच्युटको बेसमेन्टमा पानी भरिँदा तीन जनाको मृत्यु
०
नयाँ दिल्ली, साउन १३-
दिल्लीको एक कोचिङ इन्स्टिच्युटको बेसमेन्टमा पानी भरिँदा तीन जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार फेला परेको शव दुई छात्रा र एक छात्रको रहेको छ ।
यो दुर्घटना दिल्लीको राजेन्द्र नगर क्षेत्रमा रहेको यूपीएससी कोचिङ सेन्टरमा शनिबार भएको हो । तीनै जना विद्यार्थी युपीएससी सिभिल सर्भिस परीक्षाको तयारी गरिरहेका थिए ।
मध्य दिल्लीका डीसीपी एम हर्षवर्धनले मृत्यु भएका सबैको शव निकालिएको बताएका छन्। यस सम्बन्धमा कानुनी प्रक्रिया पूरा भइरहेको छ ।
बेसमेन्टबाट लगातार पम्पमार्फत पानी निकाल्ने काम भइरहेको पनि उनले बताए । बेसमेन्टमा फसेका १३–१४ विद्यार्थीको उद्धार गरिएको छ । तीमध्ये तीन जनालाई अस्पताल पठाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>