Breaking News

त्रिशुलीमा हराईरहेको बस खोज्न प्रयोग गरिएको ठूलो चुम्बक नै बगायो

Banner

चितवन, साउन १२–

भारतीय उद्दार टोलीले घटनास्थल सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेको बसको खोजी कार्यमा प्रयोग गरिएको ठूलो चुम्बक नै पानीले बगाएको छ ।

आज दिउँसो खोजी कार्य गर्ने क्रममा १९ किलोको चारपाटे चुम्बक नै पानीले बगाएको उद्दारमा खटिएको टोली स्रोतले नारायणी अनलाइनलाई जानकारी दियो । उक्त चुम्बक खोज्न खोजीकार्य टोली देवघाटसम्म पुगेको थियो । तर चुम्बक फेला पर्न सकेन । चुम्बकसंगै लाइफ ब्वाई ट्युव समेत पानीले बगाएको छ ।

लाइफ ब्वाई ट्युव पानीमा मानिस डुबेको बेला उद्दारको लागि प्रयोग गरिन्छ । भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>