देश/प्रदेश
गञ्जी मात्रै लगाएको तस्बिर भाइरल भएपछि मनाङेले भने- अब सुत्दा पनि दौरा सुरुवाल लगाउँछु
पोखरा, साउन १२-
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री राजीव गुरूङ (दीपक मनाङे) सुत्दा पनि दौरा सुरुवाल लगाउने बताएका छन् । समाजिक संजालमा आफूले लगाएको पहिरण सार्वजनिक भएर विवादमा परेपछि यस्तो बताएका हुन् ।
सार्वजनिक फोटोमा मन्त्री मनाङे शरीरको माथिल्लो भागमा भित्री बस्त्र गञ्जी मात्रै लगाएर मन्त्रालयमा भेटघाट गरिरहेको देखिन्छ।
यसलाई लिएर मन्त्री भएर ‘ड्रेसकोड’ को समान्य ख्याल पनि नगरेको भन्दै उनको आलोचना पनि भइरहेको छ। गञ्जी लगाएकोबारे भएका टिप्पणीप्रति बेखुस देखिएका मन्त्री मनाङेले व्यंग्यात्मक शैलीमा भने, ‘अब म सुत्दा पनि दौरा सुरुवाल लगाएर सुत्छु। अब गन्जी लगाउन नमिल्ने भयो। कट्टु पनि लगाउन नमिल्ने भयो।’
यस्तो छ, मनाङेको भनाइ:
पर्वतमा अस्ति ठूलै पहिरो आएको थियो। त्यो ठाउँमा जाँदाखेरि हामी ट्रयाकसुट लगाएर जानुपर्छ।
बाटो एकदमै नराम्रो हुन्छ। कोट लगाएर जाने कुरा हुँदैन। फिल्ड भिजिट जाँदा म प्रायः गञ्जी, ट्रयाकसुट लगाएर जान्छु।
त्यहाँ गएर आएको बेला परे छ यो। त्यहाँबाट आएर मैले ट्रयाकसुट झुण्डाएर बसेको थिएँ।
खिच्ने पनि कस्तो मान्छे हो यार। हाम्रोमा आउँछ, हाम्रो मै चिया खान्छ। हाम्रै फोटो खिचेर यस्तो गर्छ।
त्यो ट्रयाकसुटमा काँडैकाँडा लागेको थियो। अनि, माथिको ट्रयाकसुट खोलेर झुण्ड्याएको थिएँ। त्यो बेला २/४ जना मान्छे आएको थियो। कसले फोटो खिच्यो, मलाई थाहा छैन।
त्यही दिन बेलुकका मन्त्रिपरिषद्को आकस्मिक बैठक थियो। बैठकमा जानको लागि मैले सुट मगाएको थिएँ। क्याबिनेटमा त सुट लगाएर जानुपर्छ। त्यहाँ सुट नलगाएर त हुँदै हुँदैन।
म मन्त्रालयको काम भएपछि बेलुका ७, ८ बजेसम्म बसिदिन्छु। त्यो दिन पनि मन्त्रालयको समय सकिसकिएको थियो।
हामी त काम गरेर बसिरहेको हुन्छ। हामी आफ्नो काममा जाने हो। कामबाट आउने हो। बढी फुसर्द भएका मान्छेहरूले जे पायो त्यही खिच्ने, लेख्ने हो।
हामी मन्त्रीहरूको कस्तो हुन्छ भने काम गरेर थाकेपछि सुत्न भित्र च्याम्बर हुन्छ। हामी च्याम्बरमा सुत्छौं। सुतिरहेको छ मन्त्री भनेर लेखिदियो भने त के गर्न सकिन्छ तरु
काम गरेर थाकेपछि त सुत्छ नि त मान्छे। त्यतिबेला त म अझ ट्रयाकसुट पनि लगाउदिनँ,कट्टु मात्रै लगाएर बसेको हुन्छु। कट्टुको फोटो खिचेर हालिदियो भने मैले के गर्न सक्छुरु
अब म सुत्दा पनि दौरा सुरुवाल लगाएर सुत्छु। अब गन्जी लगाउन नमिल्ने भयो। कट्टु पनि लगाउन नमिल्ने भयो।
नेपालखबर