समाज
लापरवाहीका कारण बिरामीको मृत्यु भएपछि धनगढीको नोभा अस्पतालमा तनाव, आफन्तले गरे तोडफोड
काठमाडौं, साउन १२-
धनगढीको नोभा हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त र प्रहरीबीच झडप भएको छ ।
कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो । अस्पतालको लापरवाहीका कारण चौधरीको मृत्यु भएको भन्दै विरामीका आफन्तले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीसँग झडप भएको हो । ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको थियो ।
प्रहरी निरीक्षक गंगादत्त बढूले विरामीका आफन्तले ढुंगामुढा गर्न थालेपछि झडप भएको बताए ।
उनले भने, “अवस्थालाई सामान्य बनाउन केही सेल अश्रुग्यास पनि प्रहार भएको छ,” घटनास्थलमा रहेका प्रहरी निरीक्षक गंगादत्त बढूले , “अहिले अस्पताल प्रशासन र मृततकका आफन्तबीच वार्ता भइरहेको छ ।” अस्पताल बाहिर भेला भएको भीडले अस्पतालमा ढुंगामुढा गरेर तोडफोड गर्न थालेपछि अश्रुग्यास हानेको उनले बताए ।
अहिले अवस्था सामान्य रहेको उनले बताए ।