अन्तर्राष्ट्रिय
भारतमा १३ बालबालिकासहित ५२ जना बसेको तीनतले भवन ढल्यो
०
काठमाडौँ, साउन १२-
भारतीय राज्य महाराष्ट्रको नवी मुम्बईको शाहबाज गाउँमा तीनतले भवन भत्किँदा त्यहाँ बस्ने धेरै मानिस फसेको आशंका गरिएको छ। बीबीसी हिन्दीका अनुसार दुई जनालाई बाहिर निकालिएको छ। भवनमा ३९ वयस्क र १३ बालबालिका बस्थे।
भवनमा फसेका मानिसहरुलाई बाहिर निकाल्ने काम तीव्र रूपमा भइरहेको अधिकारीहरूले बताएका छन्। नवी मुम्बई नगर निगमका आयुक्त कैलाश शिन्देले आज बिहान ५ बजे भवन भत्किएको बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>