समाचार

बुटवलका एक पुरुष दुई महिनादेखि सम्पर्कविहिन, खोजीमा सहयोग गरिदिन परिवारको अनुरोध

Banner

चितवन, साउन १२-

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० बस्ने ५५ वर्षीय गनबहादुर विक दुई महिना भन्दा बढी समयदेखि सम्पर्कविहिन भएका छन् । मानसिक अवस्था ठिक नभएका विक गएको वैशाख २० गतेदेखि हराएका हुन् ।

उनी बुटवल–१० कालिकानगरबाट हराएको उनका जेठा छोरा सुरज विकले जानकारी दिए । आफ्नो बुबालाई फेला पार्ने वा देख्ने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा ९८४६८५०५३९ वा ९८१९४९७८३६ मा खबर गरिदिन उनले अनुरोध गरेका छन् ।

उनको उचाई ५.४ इन्च र तौल अन्दाजी ५५ केजी रहेको परिवारले बताएको छ । गहुँगोरो वर्ण भएका उनी नेपाली सेनाको जागिरबाट अवकाश पाएपछि घरमै बस्दै आएका थिए । परिवारका सदस्यहरुसँग रिसाउने र झर्कने स्वभावका उनले मानसिक स्वास्थ्यको औषधी सेवन गर्दै आएका थिए ।

प्रहरीले खोजी भइरहेको छ भन्ने मात्रै जवाफ दिएपछि आफ्नो बुबाको खोजीमा सहयोग गरिदिनका लागि सञ्चारमाध्यम मार्फत अनुरोध गरेको उनका छोरा सुरज विकले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>