देश/प्रदेश

५ महिनादेखि भारतमा बन्धक रहेका २८ नेपाली मजदुरको उद्धार

Banner

काठमाडौं, साउन ११-

भारतमा बन्धक रहेका नेपाली मजदुरको उद्धार गरिएको छ । भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरको उद्धार गरिएको हो । बन्धक बनाइएकाहरूमा सिरहाका २१ जना र धनुषाका ७ जना छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालबाट रोजगारीको प्रलोभन देखाएर बेचबिखन गरी कश्मीरको श्रीनगरमा उनीहरूलाई ५ महिनादेखि बन्धक बनाइएको भन्दै ती नेपाली मजदुरलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>