अन्तर्राष्ट्रिय

बंगलादेशमा हसिना रुँदा जनताले भने– गोहीको आँसु

Banner

ढाका, साउन ११-

बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद एउटा रेल स्टेसनमा आरक्षणविरोधी आन्दोलनका क्रममा भएको क्षतिलाई लिएर रोएकी छन् । उक्त प्रदर्शनका क्रममा कम्तिमा १५० जनाको मृत्यु भएको थियो । प्रधानमन्त्री हसिना विद्यार्थी मारिँदा उनीहरूका परिवारलाई सहानुभूति दिन भने गएकी थिइनन् ।

तर, उनी बिहीबार मिरपुरको मेट्रो रेल स्टेसनमा गएर टिकट भेन्डिङ मेसिन र सिग्नलिङ कन्ट्रोल स्टेसनमा भएको क्षतिलाई लिएर टिस्युले आँखा पुछ्दै गरेको तस्बिर सार्वजनिक भएको थियो ।

उक्त दृश्य देखेर सर्वसाधारणले भने ‘गोहीको आँसु’ भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । एकजनाले एक्समा लेखेका छन्, “हामीले सयौं विद्यार्थी गुमायौँ । तर, प्रधानमन्त्रीलाई मेट्रोमा गएर रुन समय छ । कहिल्यै नफर्किने गरी गएका जनताका आफन्तकोमा जान उनलाई समय छैन ।” बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>