राजनीति
टीआरसी सहजीकरण कार्यदलको बैठक जारी
०
काठमाडौं, साउन ११-
संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ ।
बैठक गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा सुरू भएको हो । बैठकमा नेपाली कांग्रेसको तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री लेखक, नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपमहासचिव जनार्दन शर्मा छन् ।
विधेयकसम्बन्धी सहमति हुन बाँकी बुँदामा छलफल गरी आजको बैठकमा टुंग्याइने तयारी छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधीन छ ।
यसअघि ८ गते बसेको बैठकमा विवादित विषयमा सहमतिनजिक पुगेको भन्दै सदस्यहरूले आज भोलि नै टुंग्याएर शीर्ष नेतृत्वलाई बुझाइने बताएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>