देश/प्रदेश
चितवनको एकसहित १७ कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, लिखित स्पष्टीकरण माग
०
काठमाडौं, साउन १०-
सार्वजनिक खरिद अनुगमन कार्यालयले चितवनको एकसहित १७ निर्माण कम्पनीर आपूर्तीकर्तासँग लिखित स्पष्टीकरण मागेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।
विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिन भित्र स्पष्टीकरण पेस गर्न पुनः सूचना जारी गरिएको हो ।
तोकिएको समयभित्र लिखित स्पष्टीकरण नआएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने अनुगमन कार्यालयले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>