समाचार

एआइजी डा. सिंहको बिदाइ

Banner

काठमाडौँ, साउन ९-

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त हुन लाग्नुभएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा आशा सिंहलाई बिदाइ गर्नुभएको छ ।

आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सेवानिवृत्त हुन लाग्नुभएकी प्रहरी अतिरिक्त महानिरीक्षक डा सिंहले नेपाल प्रहरी अस्पतालको संस्थागत विकास एवं सुदृढीकरणका लागि सङ्गठनबाट सुम्पिएका हरेक जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरेको बताउनुभयो ।

सरोकारवाला निकायको समन्वयमा शैक्षिक तथा स्वास्थ्य सेवाको विस्तारलगायत नीतिगत निर्णयबाट साङ्गठनिक सुधारका क्षेत्रमा उपलब्धिमूलक काम भएको उहाँले उल्लेख गर्नुभयो ।

महानिरीक्षक कुँवरले सेवानिवृत्त जीवनपश्चात् पनि सङ्गठनको हितका लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवं सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । बिदाइ कार्यक्रममा डा सिंहले आफ्नो सेवा अवधिमा गरेका अनुभवसहितको मन्तव्य राख्दै सङ्गठनका लागि सधैँ सहयोग जारी रहने बताउनुभयो ।

डा सिंह विसं २०५२ माघ १८ गते प्राविधिक प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक सिंह उमेर हदका कारण भोलि साउन १० गते सेवानिवृत्त हुँदैहुनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>