Breaking News

सौर्य एयरको जहाज दुर्घटनाः १८ जनाको शव फेला पर्दा क्याप्टेनको जीवितै उद्धार

Banner

काठमाडौं, साउन ९-

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १८ जनाको शव फेला परेको जनाइएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार १८ जनाको शव फेला परेको छ । जहाजमा १९ जना यात्रु थिए ।

प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ । कलसाइन अल्फा एमई रहेको सौर्य एयरको जहाज दुर्घटनामा परेको थियो । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>