देश/प्रदेश

प्रहरी भन्छः जहाजमा सबै सौर्यकै कर्मचारी थिए

Banner

काठमाडौं, साउन ९-

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ।

सौर्यको ९ एन-एएमईरसीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ः१५ मिनेटमा दुर्घटनामा परेको थियो। जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ।

सौर्य एयरको बिमान पोखराको लागि उडान गर्ने क्रममा बुद्ध एयरको ह्याङ्गर पछाडी खाली ठाउँमा खसेको थियो।

एसएसपी दिनेशराज मैनालीका अनुसार दुर्घटनामा परेका सौर्य एयरलाइन्समा चालक दलका दुई जना सदस्यसहित १९ जना थिए। उनीहरू सबै सौर्य एयरलाइन्सकै कर्मचारी भएको बुझिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>