समाचार

मदन पुरस्कारका लागि पाँच कृति छनौट

Banner

काठमाडाैं, साउन ९-

मदन पुरस्कार २०८० को लागि पाँच कृतिको छनौट गरिएको छ ।

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन-तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र  रोशन थापा ‘नीरव’को ‘सन्त्रासका साठी दिन’ कृतिहरू छनौट गरेको जानकारी दिएको छ ।

यी मध्ये एकलाई वर्ष २०८० को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीले जनाएको छ । मदन पुरस्कार छनौटका लागि ३०४ पुस्तकहरू प्राप्त भएको गुठीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>