क्रिकेट

भारतसँग पराजयपछि नेपाली कप्तान बर्माः यसपटक धेरै सिक्ने अवसर पायौँ

Banner

काठमाडौं,साउन ९-

एसीसी महिला एसिया कपमा साविक विजेता भारतसँग ८२ रनले पराजित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफूहरू अझै बलियो भएर आउने बताएकी छिन्। खेलपछि कप्तान बर्माले भनिन्, ‘यसपटक हामीले धेरै सिक्ने अवसर पायौँ। भारत र पाकिस्तानविरुद्धको खेलमा सिक्ने राम्रो मौका मिल्यो।’

उनले थपिन्, म मेरो टोलीको खेलप्रति गर्व गरिरहेको छु। हामी राम्रो खेलेका थियौँ, केही कमजोरीहरु थिए त्यसलाई सुधार गर्दै आउने दिनमा अझै राम्रो गर्नेछौँ।’ नेपालले तेस्रोपटक एसिया कप खेल्ने मौका पाएको हो। यसअघि सन् २०१२ र २०१६ मा नेपाल जितविहीन हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिएको थियो। तर यसपटक भने युएईलाई हराउँदै नेपालले एसिया कपमा ऐतिहासिक एउटा जित दर्ता गरेको छ। खेलपछि भारतीय टोलीकी कप्तान स्मृति मन्दनाले खेलमा नेपाली टोलीको अनुहारमा देखिएको मुस्कानले आफूहरूलाई आकर्षित गरिरहेको बताइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>