समाचार

गाउँपालिकाका अध्यक्ष जुवा खालबाट पक्राउ

Banner

काठमाडौं, साउन ८-

रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहित १० जना जुवा खालबाट पक्राउ परेका छन् ।

कपन प्रहरी प्रभागले बुढानीलकण्ठ-१० बाट घलेसहितका व्यक्तिहरुलाई शनिबार बेलुका जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ६ बुक तास र एक लाख ३५ हजार नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनलाई जुवामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । नुर्वु मानव वेचबिखनको कसुरमा पनि पक्राउ परेका व्यक्ति हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>