खेलकुद

महिला एसिया कप : आज भारतसँग खेल्दै नेपाल

Banner

काठमाडौं, साउन ८-

एसीसी महिला एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार नेपालले भारतसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा शुरु हुनेछ। पछिल्लो खेलमा पाकिस्तानविरुद्ध ९ विकेटको हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि यो खेल जित्नु पर्ने दबाब छ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेट पराजित गरेको थियो। भारत २ खेलमा जित निकाल्दै समूहको शीर्ष स्थानमा, पाकिस्तान एक जितसहित दोस्रो स्थानमा र नेपाल समान एक जितसहित तेस्रो स्थानमा छ।

दुई खेल हारेको यूएई अंक तालिकाको पुछारमा छ। मंगलबार नै समूह ‘ए’का पाकिस्तान र यूएईबीच प्रतिस्पर्धा हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>