Breaking News
सिमलताल दुर्घटनाः गैंडाकोटको गैरीस्थित नारायणी नदीमा थप एउटा शव फेला
०

चितवन, साउन १-
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो । शवको पहिचान खुलेको छैन ।
नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शवको अहिले उत्खनन गर्ने काम भैरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिए ।
त्रिशूली बस दुर्घटनामा परि बेपत्ता भएका यात्रु मध्येकै शव भएको हुनसक्ने अनुमान छ । यसअघि गैरी क्षेत्रमै बस दुर्घटनामा परेका ३ यात्रुको शव फेला परेको थियो ।
हालसम्म १५ यात्रुकाे शव फेला परिसकेकाे छ भने कम्तिमा ४७ यात्रुकाे अवस्था अझै अज्ञात छ । सिमलता दुर्घटनामा परेका यात्रुकाे शव करिब १०० किमी तल गण्डक व्यारेजमा भेटिन थालेकाे छ ।