चितवन विशेष

सिमलताल दुर्घटनाः बस र यात्रुको खोज्न इकोसाउण्डर उपकरण परिचालन

Banner

चितवन, असार ३१-

सिमलताल दुर्घटनामा परेको बस र यात्रुको खोजीमा इकोसाउण्डर उपकरण परिचालन गरिने भएको छ । भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बस र यात्रुको आज (सोमबार) देखि इकोसाउन्डर उपकरण सहितका प्राविधिक समेत परिचालन गरेर खोजी गर्न लागिएको हो ।

उक्त प्रविधिले ३०० मिटर गहिराइसम्मको ट्र्याक गर्न सक्ने गृह मन्त्रालयका सहसचिव एवं विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा.भीष्मकुमार भुसालले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>