Breaking News

भरतपुर २६ नारायणी किनारमा भेटियो अर्को शव, पहिचान खुल्न बाँकी

Banner

भरतपुर,असार ३०-

चितवनको भरतपुर महाननगरपालिका–२६ स्थित सिसुवारमा नारायणी नदीले बगाएर ल्याएको अर्को एउटा शव फेला परेको छ। आइतबार दिउँसो ४ बजेर ३५ मिनेटमा सशस्त्र प्रहरी बल नेपाल नं १७ गणबाट खटिएको टोलीले एक पुरुषको शव फेला पारेको हो।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए। बसहरू भने अझै फेला परेको छैन। सुरक्षाकर्मीको टोलीले खोजी कार्य जारी राखेको छ।

सो दुर्घटनामा हराएका गाडीका यात्रुमध्ये ५ जनाको शब फेला परेर सनाखत भइसकेको छ। जसमा माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह, भारतको बिहार पश्चिम चम्पारण बेतियाथाना बस्ने वर्ष ३० कै प्रकाश ठाकुर, भारतको बेतिया मझेलिया थाना गुठिया इन्दु घर भएका ३० बर्षको सजाद अन्सारी रहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>